कर्णाली प्रदेश सरकार

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय

कृषि विकास निर्देशनालय

कृषि विकास कार्यालय

रुकुम (पश्चिम भाग)

परिचय

एक हजार दुई सय बर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको रुकुम (पश्चिम) ३ नगरपालिका, ३ गाउँपालिका र ७३ वटा वडाहरु भएको कर्णाली प्रदेश अन्तर्गतको पहाडी जिल्ला हो । समुन्द्र सतहबाट ६९० मिटर (चौरजहारी-२, खोक्री) देखि ५८५० मिटर (चित्रेपाटन) सम्मको उचाईमा रहेका यहाँका बिभिन्न भूभागहरुमा उपोष्ण देखि शीतोष्ण हावापानी पाइने भएकाल स्थान अनुकुल विभिन्न प्रकारका वाली/वस्तुहरूको सफलतापूर्वक खेती गर्न सकिन्छ । जिल्लामा कृषि क्षेत्रको रूपान्तरणका लागि वाली/बस्तुहरुको महत्तम उत्पादन गर्न हावापानी अनुकुलका वाली र प्रबिधिहरुको छनौट, खाद्य तथा पोषण सुरक्षा, कृषि ब्यावसाय प्रवर्द्धन गर्न स्थान अनुकूल प्रविधिको बिकास तथा प्रसार बर्तमानको प्रमुख आवश्यकता हो । उपरोक्त तथ्यलाई मध्यनजर गरी संघीय नेपालको नयाँ संरचना अनुसार नेपाल सरकारको निर्णय अनुसार कृषि ज्ञान केन्द्र, रुकुम (पश्चिम) को स्थापना भै आ.ब. २०७५/०७६ देखि रुकुम (पश्चिम) र सल्यान जिल्लालाई कार्य क्षेत्र बनाई कार्य संचालन हुदै आएकोमा कर्णाली प्रदेश सरकारको मिति २०७६/०५/०६ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार कार्यालयको नाम र कार्य क्षेत्र परिवर्तन भै कृषि विकास कार्यालय, रुकुम (पश्चिम)को नामबाट रुकुम(पश्चिम) जिल्लामा कार्यक्रम संचालन गर्दै आएको छ। साबिकको जिल्ला कृषि विकास कार्यालय, रुकुमबाट संचालन हुदै आएका रोग कीराको सर्वेक्षण, प्रयोगशाला निदान र तिनको व्यवस्थापन, माटो परिक्षण तथा सुधार, बाली उपचार शिबिर संचालन, बीउ वाली उत्पादन तथा गुणस्तर नियन्त्रण, विषादी तथा मलखाद निरीक्षण जस्ता कार्यहरुका साथ साथै कृषि पूर्वाधारहरुको निर्माण तथा संचालन, नविनतम प्रबिधिमा आधारित पकेट तथा ब्लकहरुको बिकास सम्बन्धि कार्यहरु यस कार्यालयबाट हुदै आएका छन् । कर्णाली प्रदेशलाई प्राङ्गारिक कृषि उन्मुख तुल्याउने कर्णाली प्रदेश सरकारको लक्ष हासिल गर्न सहयोग पुग्ने खालका गतिबिधिहरु जस्तै: आई.पी.एम., ओ.पि.एम., एकिकृत खाद्यतत्व ब्यवस्थापन, कम्पोष्ट तथा गोठेमल सुधार, रैथाने तथा स्थानीय बालीको प्रवर्द्धन जस्ता क्रियाकलापहरु संचालन गर्दै आएका छौ । कार्यालयबाट वाली/बस्तुको गुणस्तर नियन्त्रण तथा मूल्य अभिबृद्धि, बस्तु बजारिकरण, कृषि पर्या-पर्यटन पर्वद्धन संग सम्बन्धित कार्यहरुपनि हुदै आएका छन् ।